बेरुजुमा पोखरा महानगरपालिका सबैभन्दा अगाडि, बालेनको काठमाण्डौ तेस्रो नम्बरमा

बेरुजुमा पोखरा महानगरपालिका सबैभन्दा अगाडि, बालेनको काठमाण्डौ तेस्रो नम्बरमा

रेणुको भरतपुरको न्यून बेरुजु

pokhara-mahanagar

पोखरा । महानगरपालिकामध्ये पोखरा बेरुजुमा सबैभन्दा अगाडि देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा मुलुकका ६ महानगरपालिकामध्ये पोखरा सबैभन्दा अगाडि देखिएको हो ।

महालेखाको प्रतिवेदनअनुसार पोखराको सात दशमलव ९८ प्रतिशत अर्थात् ७९ करोड २३ लाख ७५ हजार बेरुजु देखिएको छ ।

यस्तै, दोस्रोमा वीरगञ्जको सात दशमलव १४ प्रतिशत अर्थात् ५७ करोड ९४ लाख ८२ हजार, तेस्रोमा काठमाडौंको एक दशमलव ११ प्रतिशत अर्थात् २५ करोड ७० लाख ३४ हजार, चौथोमा विराटनगरको एक दशमलव ०३ प्रतिशत अर्थात् सात करोड ११ लाख ५३ हजार र पाचौँमा ललितपुरको शून्य ४६ अर्थात् चार करोड ५१ लाख बेरुजु छ ।

सबैभन्दा अन्तिममा अर्थात न्यून बेरुजु भरतपुरकोे शून्य दशमलव ०१ प्रतिशत अर्थात पाँच लाख १५ हजारमात्रै छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ