पोखरा । सर्वोच्च अदालतको परमादेशबाट पदमुक्त मुख्यमन्त्री खगराज अधिकारीले सरकारी निवास छाडेका छन् ।
आदेशपछि नै निजी निवासमा सुतेका अधिकारीको सचिवालयले आज सरकारी निवासमा रहेका आफ्ना सामान सारेर चाबी समेत कार्यालयलाई बुझाएको छ । मुख्यमन्त्रीले पाउने सुविधाको गाडी उनले हिजै फिर्ता गरिदिएका थिए । अस्तिदेखि नै गाडी चढेका थिएनन् ।
गणतन्त्र दिवसका अवसरमा मंगलबार बिहान आयोजित समारोहमा उनले आफू पदमा लिप्त हुन चाहाने व्यक्ति नभएको र नियमविपरीत गएर कुनै सुविधा नलिने बताएका थिए ।
उनले भने, ‘सर्वोच्चको आदेश आउँदा म पोखराकै खहरेमा थिएँ, अर्को मुख्यमन्त्रीले शपथ नलिएसम्म मैले सुविधा लिएको भए पनि हुनेथियो, तर त्यसो गरिन, सरकारी गाडी हिजै फिर्ता गरिदिएँ । आज पैदलै आएको छु ।’
स्वास्थ्यमन्त्री र गृहमन्त्री हुँदा पनि आफूले अतिरिक्त सुविधा नलिएको दाबी गर्दै उनले पेन्सन र पजेरो कान्डमा आफू नफँसेको स्पष्टीकरण दिए । गृहमन्त्री हुँदा सुराकी वापतको रकम र पिए समेत नलिएको उनले बताए ।
उनी संघीय सरकारमा १३ दिन गृहमन्त्री भएका थिए । सर्वोच्चले कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि केपी ओली नेतृत्व सरकार ढलेसँग अधिकारी स्वतः पदमुक्त भएका थिए । यहाँ पनि सर्वोच्चकै परमादेशबाट पदमुक्त भएका छन् ।
पूर्व मुख्यमन्त्रीको हैसियतमा आफूले कुनै अतिरिक्त सुविधा नलिने र यसमा कुनै चिन्ता नलिन अधिकारीले प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेततर्फ इंगित गर्दै भने । ‘मैले विपक्षी दलको नेताका हैसियतमा पाउने सुविधा लिन्छु, त्यसवाहेक केही लिन्न,’ उनले भने ।
उनी पछिल्लोपटक चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । यसै संसद कार्यकालमा अघिल्लोपटक पनि उनी १ सय ५ दिन मुख्यमन्त्री बनेका थिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने