पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।
प्रदेश प्रमुख डिल्ली राज भट्टले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
पाण्डेले शपथ पनि आजै लिने तयारी गरेका छन् । प्रदेश प्रमुख कार्यालयले सबै तयारी पूरा गरिसकेको छ ।
सर्वोच्च अदालतले सोमबार प्रदेश प्रमुखका नाममा परमादेश जारी गर्दै ४८ घन्टाभित्र पाण्डेलाई संविधानको धारा १६८ को ३ अनुसार मुख्यमन्त्रीमा नियुक्त गर्न भनेको थियो । प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीका अनुसार अदालतकाे फैसला कार्यान्वयन गर्नू भन्ने पत्र प्रदेश प्रमुखको कार्यालयमा आज मध्यान्ह मात्र विद्युतीय माध्यममार्फत् आइपुगेको हो ।

पत्रकार प्राप्त भएपछि प्रदेश प्रमुखले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । आदेशनानुसार पत्र प्राप्त भएको ४८ घण्टाभित्र प्रदेश प्रमुखले पाण्डेलाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने थियो ।
फैसला सोमबार अबेर आएको र मंगलबार गणतन्त्र दिवस, सार्वजनिक बिदा भएकाले पत्र ढिला आइपुगेको बताइन्छ । पाण्डेले अब शपथ गरेपछि संविधानको धारा १६८ को उपधारा ४ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।
१६८ को ३ अनुसार बन्ने कांग्रेस सरकारलाई बहुमत पुग्न भने कठीन छ । कांग्रेसको २७, स्वतन्त्र सांसद मनाङेको १ र राप्रपाको २ गर्दा ३० मत हुन्छ । असार १६ भित्र ३१ सांसद आफ्नो पक्षमा पुर्याउन नसकेमा पाण्डे स्वतः पदमुक्त हुन्छन् । त्यसपछि संविधानको धारा १६८ (५) अनुसारको सरकार गठनको प्रक्रिया सुरु हुन्छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो