विभिन्न कार्यक्रमसहित स्याङ्जामा गणतन्त्र दिवस मनाइएको छ । सोमबार साँझ सदरमुकाम स्थित सहिद चोकमा गणतन्त्र दिवसको पूर्वसन्ध्यामा दिप प्रज्ज्वलन गरिएको थियो ।
गणतन्त्र दिवस २०८१ मनाउने क्रममा आयोजक मुल समारोह समितिद्वारा जिल्ला प्रशासन कार्यालय स्याङ्जामा झण्डोत्तोलन गरि ट्राफिक चोक हुँदै स्याङ्जा बजार परिक्रमा गरेर शहिदचोकमा प्रभातफेरीलाई कोणसभामा परिणत गरिएको थियो ।

स्याङ्जा चोकमा गरिएको कोणसभालाई सम्बोधन गर्दै जनता जनार्दन रहेको जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटिले बताए । उनले गणतन्त्र प्राप्त गर्न जनताको बलिदान रहेको भन्दै गणतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा जोड दिए । जनताको चाहनाले देशमा धेरै परिवर्तनहरु भएको बताउँदै राजनीतिक दलहरु जनताको चाहना अनुसार अगाडि बढ्न आवश्यक रहेको प्रमुख जिटिको भनाई थियो ।
कार्यक्रममा जिससका उपप्रमुख खड्कराज सुवेदी, पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुल्सीराम रेग्मी, उपप्रमुख देवी अर्याल, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक शालिग्राम शर्मा, नेपाली सेनाका सेनानी पुरुषोत्तम कार्की साथै सम्पुर्ण सरकारी कार्यालयका, निजामती कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दल, सर्वसाधारण लगायतको सहभागिता रहेको थियो ।

यसैबीच , गणतन्त्र दिवसकै अवसरमा मंगलबार स्याङ्जा कारागारमा रहेका १४२ जना कैदीबन्दी र स्याङ्जा अस्पतालमा उपचाररत २१ जना बिरामीहरुलाई पुतलीबजार नगरपालिकाले फलफूल वितरण गरेको थियो ।
त्यस्तै, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत स्याङ्जा कारागारमा रहेका कैदीबन्दीहरुको लागी एक थान सिलाई मेसिन हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको व्यवस्थापनमा बुधबार स्याङ्जा कारागारमा रक्तदान कार्यक्रम गरि २० युनिट रक्त संकलन गरि ब्लड बैंकमा राखिएको छ भने पुतलीबजार -१ स्थित लक्ष्मीकृष्ण सेक्युरिटी प्रा.लि.द्वारा रक्तदान गरेका २० कैदीबन्दीलाई फलफूल वितरण गरिएको थियो ।

यसैगरी, स्याङ्जा चेम्बर अफ कमर्शको व्यवस्थापनमा पुतलीबजार -१४ स्थित चण्डीकालिका बहिरा आधारभूत विद्यालयमा अध्ययनरत २४ जना विद्यार्थीहरुलाई आवश्यक खाद्यान्न सामाग्रीहरु वितरण गरिएको थियो ।

बुधबार साँझ डिभिजन वन कार्यालय स्याङ्जाको व्यवस्थापनमा पुतलीबजार -१ स्थित मालेबगरमा वृक्षारोपण गरि गणतन्त्र दिवस २०८१ लाई सम्पन्न गरिने छ ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने