पोखरा । नेपाल निजामती कर्मचारी युनियन कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) कास्कीको संयुक्त आयोजनामा पशु स्वास्थ्य शिविर तथा निशुल्क औषधी वितरण मादी गाउँपालिका वडा नं १ सिक्लेस कास्कीमा सम्पन्न गरेको छ ।
मंगलबार गणतन्त्र दिवसको अवसर पारेर संचालन गरिएको सो कार्यक्रममा सिक्लेसमा रहेका करिब २ सय जना किसानका २ हजार पशुपन्छीलाई २ लाख बराबरको औषधी निशुल्क वितरण गरिएको नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सभापति किशोदक्त बरालले किसानका लागि यस्ता कार्यक्रम निकै प्रभावकारी हुने गरेको बताए । उनले किसानका निम्ति कृषि र पशुधनको व्यवसायीक फार्मिङका लागि काम गर्न आवश्यक रहेको बताए ।
कास्कीमा रहेका किसानहरुको आवश्यकतालाई मध्यनजर गर्दै यस खालका कार्यक्रमहरु संचालन गर्दै आएको नेल्टा कास्कीका अध्यक्ष बसन्तराज कोइरालाले बताए । भावीदिनमा समेत किसानहरुको स्तरन्नोती हुने कार्यक्रम ल्याउने उनको प्रतिबद्धता थियो ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवं प्रचारप्रसार प्रमुख रमेश पौडेल, नेपाली काँग्रेस कास्कीका उपसभापति युवराज कुवँर, सचिव देवेन्द्र रानाभाट, सहसचिवद्व्य नविन सिग्देल र शंकर ढुंगाना, सदस्य सुरेन्द्र ढुंगाना लगायत निजामति युनियन कास्की र नेल्टा कास्कीका कर्मचारीहरु एवं सिक्लेसका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा धन्यवाद मन्तव्य युनियन कास्कीका सचिव सुमन शर्माले गरेका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने