उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर अनौठो नियमको सुरुवात गरेका छन् ।
गणतन्त्र दिवस अवसरमा शुभकामना सन्देश दिँदै उनले ‘एउटा सानो प्रयास’ नाम दिएर अनौठो नियम ल्याएका हुन् ।
उनले अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारी हुँदाको चार दिन सडकमा ड्युटी गर्न जानुनपर्ने नियम लागु गरेका हुन् ।
उनले महिला ट्राफिक प्रहरीहरूलाई महिनावारीका क्रममा आराम दिएपछि त्यसको विकल्पमा मापसेमा परेकाहरूलाई खटाउने योजना ल्याएका हुन्।
‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन’, उनले भनेका छन्, ‘मादक पदार्थ सेवनपछि सवारी चलाउँदा कारबाहीमा परेकाहरू लगायत ट्राफिक नियमको उलंघन गर्नेले स्वयमसेवकका रुपमा महिला ट्राफिक प्रहरीको साटो सडकमा सघाउनु हुनेछ।’
तर लामिछानेले यो नियम कुन तहको निर्णयबाट लागु गरिएको भन्ने खुलाएका छैनन् । गृहमन्त्रीस्तरीय या मन्त्रिपरिषद् तथा अन्य निकाय कहाँबाट यो नियम पारित गरिएको उनले जानकारी दिएका छैनन् ।
यदि यो निर्णय उनको व्यक्तिगत भएमा उनी गृहबाट हट्नेबित्तिकै निरन्तरता पाउन नसक्ने अवस्था हुन सक्छ । नीतिगत निर्णय भएको अवस्थामा उनले लगाएको यो नियम दीर्घकालीन हुन सक्छ ।
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो