अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै, बजेट भाषण राख्न ठमेलबाट किनियो स्वदेशी झोला

बजेट

अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्दै, बजेट भाषण राख्न ठमेलबाट किनियो स्वदेशी झोला

bujetattarraadd

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले यतिबेला संसद्को संघीय संयुक्त सदनमा आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गरिरहेका छन् ।

यसपल्ट अर्थमन्त्री पुनले बजेटमा नयाँपन दिने बताइरहेका छन् । अर्थमन्त्री पुनले सांकेतिक रूपमा परिवर्तनको झल्को दिन बजेट-भाषणको ब्रिफकेस नै यसअघि भन्दा फरक प्रयोग गरेका छन् ।

प्रत्येक वर्ष अर्थमन्त्रीले संसद्‌मा वाचन गर्ने नयाँ आर्थिक वर्षको बजेट वक्तव्य राख्न प्रयोग गरिने विदेशी ‘ब्रिफकेस’ यसपालि स्वदेशी उत्पादनको झोलाले प्रतिस्थापन गरेको छ ।

पहिले-पहिले छालाको झोलामा अर्थमन्त्रीहरूले बजेट भाषण बोक्ने गर्थे । यसपल्ट स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन भन्दै अर्थमन्त्री पुनले कपडाको झोला प्रयोग गरेको उनको सचिवालयले जनाएको छ । बजेट वक्तव्य नेपालमै उत्पादित अल्लो र ढाकाको कपडाबाट बनेको झोलामा पुनले राखेका हुन् ।

अर्थमन्त्रीको सचिवालयका अनुसार मंगलबार बिहान नै काठमाडौंको पर्यटकीयस्थल ठमेलबाट कपडाको झोला किनिएको हो । ‘स्वदेशी उत्पादन प्रवर्द्धन गर्न र स्थानीय उत्पदान प्रयोग बढाउनुपर्छ भनेर ब्रिफकेसको सट्टा अल्लो र ढाकाको कपडा मिश्रित झोलामा बजेट वक्तव्य राखेका हौं,’ अर्थमन्त्री पुनले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ