लमजुङ सदरमुकाम बेंसीसहरमा मंगलबार मध्याह्न दिउँसो ब्रेक फेल भएर जिप घरभित्र छिर्दा ३ जना घाइते भएका छन् ।
बेंसीसहर नगरपालिका ७, तमू संग्रहालयको ओरालोमा ब्रेक फेल भएको जिप क्याम्पस रोडको आस्मी खाजा घरको सटरमा छिर्दा खाजा घरमा बसिरहेका ३ जना घाइते भएका हुन् ।
दूधपोखरी गाउँपालिका १, को कल्लाबारी माविका २ जना विद्यार्थी र १ जना शिक्षक लिएर तमू संग्रहालयमा आउँदै गरेको ग३च ५०७१ निजी जिप तमू संग्रहालयमा नरोकिई सिधै क्याम्पस रोडको सटरभित्र प्रवेश गरेको हो । शिक्षक र विद्यार्थी भने सकुशल छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार जिप दुर्घटनामा परेर घरधनी वर्ष ३८ का सिर्जना श्रेष्ठ, छिमेकी अन्दाजी ८० वर्षीया रत्नाकुमारी राउत र बुहारीको पसलमा रहेकी ६३ वर्षफया डम्मरकुमारी रोका घाइते भएका छन् ।
श्रेष्ठको टाउको र चोट साथै राउतको दायाँ कोखामा चोट लागेको छ । रोकामगरको ढाड र करङमा गम्भीर चोट लागेको र अवस्था गम्भीर रहेको चपाईंले बताए । घाइतेको बेंसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको छ । चालक दूधपोखरी गाउँपालिका ४, नमार्खुका ४१ वर्षीय डिलप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ
सम्बन्धित खबर
पोखरामा शनिबार एमालेको बृहत् जागरण सभा
१० बर्षीया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै
तनहुँको भुजिकोट गाउँ चिनाउन नयाँ वर्षमा उकालो दौड प्रतियोगिता हुने
हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो
म्याग्दीमा गाडीले च्यापेर एक जनाको मृत्यु
गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनको उपस्थिति बाक्लिँदै
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रशासकीय अधिकृतसँग मागे माफी