यार्सा टिप्न गएकी युवतीको मृत्यु

यार्सा टिप्न गएकी युवतीको मृत्यु

death body

रुकुम पश्चिम । यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका– ४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ।

डोल्पाको काईके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए।यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि विष्ट लेक लागेर बिरामी परेकी थिइन्।

बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा उनको मृत्यु भएको हो। शसस्त्र प्रहरी बलको सहयोगमा सोमराति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो।

अस्पतालमा पोष्टमार्टम गरे पश्चात् शव गोतामकोटमा लगिने प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ