गण्डकी प्रदेश स्तरीय संयुक्त राष्ट्रसंघको नमूना महासभा पोखरामा

गण्डकी प्रदेश स्तरीय संयुक्त राष्ट्रसंघको नमूना महासभा पोखरामा

Youth Thinkers Society

युथ थिङ्कर्स सोसाइटी पोखराले गरेको गण्डकी प्रदेश स्तरीय संयुक्त राष्ट्रसंघको नमूना महासभा सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको नमूना महासभा जेठ १३ गतेसम्म चलेको थियो ।

महासभामा विश्व पारिस्थितिकीयतन्त्र र जैविक विविधतामा विश्वव्यापी वन डढेलोको बढ्दो खतरालाई सम्बोधन तथा विकासशील राष्ट्रहरूमा वित्तीय समावेशीकरणको लागि फिनटेक र डिजिटल वित्त प्रवर्द्धन सम्बन्धमा बहस भएको छ ।

गण्डकी प्रदेशका विभिन्न ११ जिल्लाबाट आएका युवा प्रतिनिधि बहसमा सहभागी भएका थिए । युथ थिङ्कर्स सोसाइटी पोखराले राष्ट्रसंघको नमूना महासभा आयोजना गरेर बहस गराएको थियो । जसमा सहभागी प्रतिनिधिले विभिन्न देशको प्रतिनिधित्वको अभ्यास गरेका थिए ।

महासभामा डेलिगेटहरु आफ्नो देशका समस्यामा केन्द्रित भएका थिए । महासभामा सबै सहभागी गरी ५० जना युवा सहभागीहरु थिए ।

उद्घाटन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र विशिष्ट अतिथि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सीता कुमारी सुन्दास सहभागी थिए ।

नमूना महासभामा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानका उपाय पनि प्रस्तुत भएको थियो ।

विशेष विशेषज्ञ विषय सत्रमा विश्व पारिस्थितिकीयतन्त्र र जैविक विविधतामा विश्वव्यापी वनडढेलोको बढ्दो खतरालाई सम्बोधन गर्न गण्डकी प्रदेश वन मन्त्रालयका उप-सचिव मेघराज पौडल रहेका थिए ।

विकासशील राष्ट्रहरूमा वित्तीय समावेशीकरणको लागि फिनटेक र डिजिटल वित्त प्रवर्द्धन सम्बन्धमा पोखरा विश्वविद्यालयका सहायक प्राध्यापक उज्वल अधिकारी थिए । उक्त अभ्यासमा विषय वस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कुटनीति, अन्तराष्ट्रिय सम्बन्धलाई मध्यनजर गर्नुपर्ने उल्लेख थियो ।

युथ थिङ्कर्स सोसाइटी पोखराका अध्यक्ष दीपा अधिकारीले डेलिगेटहरुलाई सौहार्दपूर्ण वातावरणमा कार्यक्रममा सहभागी हुन अनुरोध गरेकी थिइन् ।

अधिकारीको नेतृत्वमा गण्डकी प्रदेश स्तरीय संयुक्त राष्ट्रसंघको नमूना महासभा सम्पन्न भएको हो । उनले नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपुर प्रयोग गर्न अनुरोधसमेत गरिन् ।

समापन समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. श्रीकान्त शर्मा खतिवडा थिए । उनले युवाहरुलाई प्रोत्साहन गर्न यस खाले कार्यक्रमको भूमिका हुने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ