सुक्खा पहिरोले गोरखा आरुघाट–लार्के सडक अवरुद्ध

सुक्खा पहिरोले गोरखा आरुघाट–लार्के सडक अवरुद्ध

arughat- larke sadak khandama khaseko sukha pahiro

cf?3f6–nfs]{ ;8sv08df v;]sf] ;’Vvf klx/f] uf]/vf, !# h]7 M pQ/L uf]/vf hf]8g] a]lg3f6–cf?3f6–cf/v]t–nfs]{ ;8sv08 cGt{ut kg]{ wfr]{ ufpFKfflnsf–#, plxofFl:Yft of? glhs} kxf8af6 cfOtaf/ lbpF;f] v;]sf] 7″nf] ;’Vvf klx/f] . tl:j/ M ;f}hGo÷/f;;

गोरखा । उत्तरी गोरखा जोड्ने बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्ड सुक्खा पहिरो खसेर अवरुद्ध भएको छ ।

हिजो दिउँसो धार्चे गाउँपालिका–३, उहियाँको यारु नजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

पहिरो सडकमा खसेपछि उत्तरी गोरखा जाने एक मात्र सडकखण्ड पूर्णरुपमा बन्द भएको छ । पहाडको माथिबाट ठूलो ढुङ्गा चोइटिएर बूढीगण्डकी नदी किनारसम्म पुगेको छ । पहिरो हटाएर सडक खुलाउने पहल भइरहेको अध्यक्ष गुरुङले बताए।

पहिरो खसेको क्षेत्रमा कुनै बस्ती नभएकाले मानवीय क्षति भने भएको छैन । बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्डअन्तर्गत पर्ने त्यसक्षेत्रमा कडा चट्टानका कारण नेपाली सेनाले पहाडमा विष्फोट गरेर सडक बनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds