न्यायिक सरोकार मञ्चमा गण्डकीबाट ६ जना मनोनित

न्यायिक सरोकार मञ्चमा गण्डकीबाट ६ जना मनोनित

news photo

पोखरा । मानव अधिकार एवम् कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपालको केन्द्रिय कमिटिमा गण्डकी प्रदेशबाट थप ६ जना केन्द्रिय कमिटिमा मनोनित भएका छन् ।

जसमा कास्कीबाट सुरज कुमार गुरुङ, रत्नबहादुर कार्की र दिपेन्द्र गुरुङ, तनहुँबाट खेमबहादुर आले, स्याङ्जाबाट देवराज घिमिरे र लमजुङबाट सुर्य बहादुर गुरुङ रहेका छन् ।

कैदिबन्दिको मानव अधिकार हनन हुन नदिन र अन्यायमा परेका कैदीबन्दीहरुको न्यायिक हकअधिकारको रक्षाको लागि स्थापना भएको मञ्चका गण्डकी प्रदेश संयोजक नलबहादुर गुरुङले बताए ।

केन्द्रिय कमिटिमा मनोनित सबैलाई आइतबाट एक कार्यक्रमको आयेजना गरी संयोजक गुरुङले परिचयपत्र, ज्याकेट, नोटबुक र कलम हस्तान्तरण गरेका थिए ।

मञ्चले छिट्टै गण्डकी प्रदेश र प्रदेश भित्रका ११ वटै जिल्लामा कमिटि गठन गर्न गृहकार्य चलिरहेको पनि संयोजक नलबहादुर गुरुङले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds