मुग्लिन नजिकै चारवटा गाडी ठोक्किँदा एक जनाको मृत्यु, २२ जना घाइते

मुग्लिन नजिकै चारवटा गाडी ठोक्किँदा एक जनाको मृत्यु, २२ जना घाइते

accident_mugaling

चितवन । चितवन भरतपुर महानगरपलिका–२९ को मुग्लिन–नारायणगढ सडकखण्डको सत्र किलोमा चारवटा गाडीको ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। २२ जना घाइते भएका छन् ।

गएराति साढे १२ बजेतिर भएको दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भएकोमा अहिले दुईतर्फी नै खुलिसकेको मुग्लिन प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार काठमाडौँबाट प्युठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नम्बरको ट्रक, काठमाडौँबाट महोत्तरी बर्दिवासको लागि छुटेको ना ७ ख ३२४८ नम्बरको बस र बीरगञ्जबाट काठमाडौँको आउँदै गरेको ना ६ ख ८९६८ नम्बरको बस आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाइते भएको र उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेहरुमध्ये एक युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको प्रहरीको भनाइ छ।

घाइते मध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds