कास्कीमा अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर नियन्त्रणमा

कास्कीमा अवैधरुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने टिप्पर नियन्त्रणमा

tippar

पोखरा । कास्की प्रहरीले नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गर्ने टिप्पर नियन्त्रणमा लिएको छ ।

कास्कीको माछापुच्छ्रे गाँउपालिका अन्तर्गत पर्ने अन्नपूर्ण संरक्षण क्षेत्र भित्रबाट नदिजन्य पदार्थहरु अवैध रुपमा चोरी निकासी गर्ने गरेको ग १ क १५१४ नम्बरको टिप्परलाई शनिबार बिहान ७ बजे नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले कास्की पोखरा महानगपालिका– १९ अकला मन्दिर नजिक भुर्जुङखोलाबाट पोखरातर्फ आउँदै गरेको उक्त टिप्परलाई चेकजाँच गर्ने क्रममा बालुवा लोड गरेको पाइए पछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त बालुवा अन्नूर्ण संरक्षण क्षेत्र भित्रबाट ल्याएको बुझिएकोले बालुवा सहितको टिप्परलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपूर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरामा पठाईएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ