पोखरामा ट्याक्सी चलाउँदै आएका क्षेत्री फेवातालमा मृत भेटिए

पोखरामा ट्याक्सी चलाउँदै आएका क्षेत्री फेवातालमा मृत भेटिए

fewa tal

पोखरा । पोखरास्थित फेवातालमा पर्वत फलेवास नगरपालिका वडा नं. ८ का ५८ वर्षीय नेत्रबहादुर क्षेत्रीको शव भेटिएको छ ।

आज बिहान करिब ५ः३० बजे फेवातालको कोप्चेघाटमा तैरिरहेको अवस्थामा क्षेत्रीको शव भेटिएको प्रहरीले जनाएको छ ।

शव भेटिएको सूचना पाएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले क्षेत्रीको शव निकालेर पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाएको थियो ।

क्षेत्री पोखरामा ट्याक्सी चालक पेशामा संलग्न रहेको बताइन्छ । घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ