नेपाल पत्रकार महासंघ कास्कीले महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई १ लाख ११ हजार राशिको ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ प्रदान गरेको छ ।
महासंघ कास्कीको शनिबार १७ औं साधारणसभा तथा १२ औं अधिवेशनमा उनलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवले सम्मान गरेका हुन् । विरही ४४ वर्षदेखि पत्रकारितामा छन् ।
पूर्व सांसद समेत रहेका पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसी परिवारबाट सूर्यप्रेम ट्रस्ट स्थापना गरी कृति स्मृति पत्रकारिता वृत्तिका लागि अक्षयकोष स्थापना गरिएकोमा महासंघ कास्कीले पुरस्कार सञ्चालन गर्दै आएको छ ।
सो अवसरमा पत्रकार श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरियो । पुरकार राशि २० हजार र सम्मानपत्र छ । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष सिग्देल महासंघका सहसचिवसमेत हुन् ।
सो अवसरमा शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान प्रदान गरियो । विमला भण्डारी नेतृत्वको ३ वर्षे कार्यकालमा उत्कृष्ट कार्यसमिति सदस्यबाट सन्तोष बस्याल नगद १० हजारसहित सम्मानित भए ।
पूर्व राष्ट्रपति डा. यादवले संविधान र लोकतन्त्र बचाउने जिम्मा मिडियाको भएको उल्लेख गरे । उनले मिडिया राजनीति माथी उठेर काम गर्नुपर्ने बताए ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशले प्रेसमैत्री मिडिया विधेयक ल्याएको बताए । उनले पत्रकारितालाई समाजले हेर्ने नजर फरक भएको र यसलाई असल पत्रकारिताको कर्मले चिर्नुपर्ने बताए ।
अर्थमन्त्री हरिबहादुर चुमानले पत्रकारिता जगत स्वच्छ र निश्पक्ष हुनुपर्ने बताए । पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले संघले तीन वर्षको कार्यकालमा श्रमजीवी पत्रकारिताका लागि थुप्रै काम गरेको उल्लेख गरिन् । पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम देखि ईलाइब्रेरीको स्थापना गरिएको उनले बताइन् ।
कार्यक्रममा सम्मानितको तर्फबाट हरिहर विरही, पुरस्कार दाताको तर्फबाट किरण केसी लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते