लागूऔषध हिरोईन मुद्दाका फरार राम पक्राउ

लागूऔषध हिरोईन मुद्दाका फरार राम पक्राउ

chokendra-bk-wlg

लागूऔषध खैरो हिरोईन मुद्दाका फरार स्याङ्जा वालिङ्का राम भन्ने चोकेन्द्र बहादुर वहिक पक्राउ परेका छन् ।

उच्च अदालत पोखरा, कास्कीले मिति २०७९ चैत ८ गतेको फैसलाले लागूऔषध खैरो हिरोईन मुद्दामा ३ वर्ष ३ महिना ७ दिन कैद र पाँच हजार रुपियाँ जरिवाना तोकेपछी फरार रहेका वहिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

स्याङ्जा साविक स्वरेक गा.वि.स. वडा नं. ८ हाल वालिङ् नगरपालिका -११ भोर्ले बस्ने जग बहादुर सार्कीको छोरा २४ वर्षीय वहिक दुई वर्षदेखि फरार रहेका थिए । उनलाई गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङ्बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको डिएसपी रानाले बताए ।

पक्राउ पश्चात् वहिकलाई कैद भुक्तानका लागि स्याङ्जा अदालतमा लगिएको प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds