पोखराका ४ पत्रकारलाई दीर्घ पत्रकारिता सम्मान

पोखराका ४ पत्रकारलाई दीर्घ पत्रकारिता सम्मान

patrakar

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीले १७ औं साधारण सभाको अवसरमा ४ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।

पोखराका अग्रज पत्रकारहरु शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान अर्पण गर्न लागेको हो । पत्रकारिता क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको उच्च कदर गर्दै सम्मान गर्न लागिएको पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले जानकारी दिइन् । ‘नेपाल पत्रकार महासंघ कास्कीको संस्थागत विकासका साथै पत्रकारिता क्षेत्रको समग्र उन्नयनमा लामो समयदेखि उहाँहरुले योगदान दिनुभएको छ । त्यसैले हामीले उहाँहरुलाई सम्मान गर्न लागेका हौं,’ उनले भनीन् ।

उनीहरुलाई नेपाल पत्रकार महासंघ कास्कीको १७ औं साधारण सभा १२ औं अधिवेशनको अवसरमा शनिबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको उपस्थितीमा सम्मान अर्पण गरिने अध्यक्ष भण्डारीले जानकारी दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds