विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमालमा स्याङ्जा आँधिखोला गाउँपालिकाको झण्डा फहरिएको छ ।
स्याङ्जा आँधिखोला गाउँपालिका -२ चिलाउनेबासका ३६ वर्षीय सुरज पौडेलले सगरमाथा आरोहणमा सफलता मिलेसङ्गै आँधिखोले सभ्यता बोकेको लोगो अंकित झण्डा फहराएका हुन् ।
उनी शेर्पा एक्स्ट्रिम प्रा.लि. मार्फत गत ३० चैतमा सगरमाथा आरोहणका लागि प्रस्थान गरेका थिए । सशस्त्र प्रहरी बल नेपालमा सेवारत प्रहरी निरीक्षक उनले जेठ ७ गते बिहान १० बजेर २० मिनेटमा हिमाल आरोहणमा सफलता पाएपछी सगरमाथाको चुचुरोमा पुगेर जन्मथलो आँधिखोला गाउँपालिकाले पालिकाका महत्त्वपूर्ण स्थान समेटेर बनाएको लोगो अंकित झण्डा र कर्मक्षेत्र सशस्त्र प्रहरी बलको झण्डा प्रदर्शन गरेका थिए ।
सगरमाथा आरोहण गर्ने पौडेल आँधिखोलाका पहिलो व्यक्ति हुन् भने जिल्लाको पनि संभवत पहिलो हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै, सशस्त्र प्रहरीबाट पनि पहिलो पटक सगरमाथा आरोहण गर्ने व्यक्ति पौडेल रहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।
बुबा शरद पौडेल र आमा रिता पौडेलका छोरा सुरजले २०६७ सालमा खुला प्रतिस्पर्धाबाट सशस्त्र प्रहरी निरीक्षक पदमा प्रवेश गरेका थिए भने उनी सेवामा प्रवेश गर्नुअघिबाटै पदयात्रामा रुचि राख्थे ।
सम्बन्धित खबर
फेदीखोला चैते दशैं मेला: पुरुष भलिबलको उपाधि मट्टीखानलाई
अर्जुनचौपारीमा कफी कृषकलाई नगद अनुदान
चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने
स्याङ्जाका सीडीओ नेपालको सरुवा, ईश्वरीप्रसाद अर्याल आउने
जिल्ला खेलकुद विकास समिति स्याङ्जाको अध्यक्षमा रेग्मी दोहोरिए
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर