जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

pakrau

पोखरा । पोखरामा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की अन्नपूर्ण गाउँपालिका– ३ धारापानी बस्ने वर्ष ३७ का बिपिन भन्ने केशव सुनार रहेका छन् ।

कास्की जिल्ला अदालतबाट २०७९ माघ १० गतेको फैसलाले उनी जबरजस्ती करणी सम्बन्धी मुद्दामा ११ महिना ८ दिन कैद सजाय, रु.१५ हजार जरिवाना र पिडित राहत कोषमा ४०० जरिवाना भुक्तान गर्न बाँकी रही हालसम्म फरार रहेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले हिजो बिहीबार अन्नपूर्ण गाउँपालिका– १ नौडाँडाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सुनार माथि आवश्यक कारवबाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ