अक्सिजनविनै सगरमाथा आरोहणमा गएका केन्याका ४० वर्षीय नागरिकको मृत्यु

अक्सिजनविनै सगरमाथा आरोहणमा गएका केन्याका ४० वर्षीय नागरिकको मृत्यु

mrita fela

पोखरा । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिकको मृत्यु भएको छ।

पर्यटन विभागका अनुसार जेठ ९ गते राति साढे १० बजे ८ हजार ८३० मिटरमा केन्याका जोसु चेरुइयुत किरुई मृत फेला परेका हुन्।

उनीसँगै रहेका नेपाली माउन्टेन गाइड लिखु पिके गाउँपालिकाका ४४ वर्षीय ङवाङ शेर्पा सम्पर्कविहीन छन्।

उनले ५ गते आधारशिविरबाट आरोहण सुरु गरेका थिए। जेठ ९ गते चौथो शिविर हुँदै सगरमाथा चुचुरोतर्फ लागेका थिए।

आरोही र गाइड चुचुरो नजिकै पुगे पनि आरोहण सम्पन्न गरे/नगरेको एकीन नभएको विभागले जनाएको छ।

बुधबार दिउँसो २ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएकाले सेभेन समिटले ४ माउन्टेन गाइड परिचालन गरी क्याम्प २ भन्दा माथि सर्च एन्ड रेस्क्यु टिम परिचालन गरेको थियो।

शेर्पाको अवस्था भने अज्ञात रहेको र खोज तथा उद्धार जारी रहेको विभागले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ