पोखराको कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

पोखराको कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

kalika-campus

पोखराको कालिका बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

विश्वविद्यालय अनुदान आयोग नेपालबाट गत २ जेठमा क्याम्पसलाई उक्त प्रमाणपत्र दिने निर्णय भएकोमा मंगलबार प्रमाणपत्र प्राप्त भएको क्याम्पस प्रमुख विरन्जी गौतमले जानकारी दिए ।

पोखराको काजीपोखरीस्थित यो कलेजलाई क्युएए दिइनुअघि यहाँको गुणस्तरको मूल्यांकन गरिएको थियो । कालिकासहित पोखरा क्षेत्रका कलेजमा यस्तो प्रमाणपत्र प्राप्त गर्ने ३ पुगेका छन् । यसअघि, जनप्रिय बहुमुखी क्याम्पस र पृथ्वीनारायण क्याम्पसलाई क्युएए प्रमाणपत्र दिइएको थियो ।

२०४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल ६८ कर्मचारी र १६५० विद्यार्थी छन् ।

कलेजमा व्यवस्थापन, मानविकी र शिक्षा संकायअन्तर्गत एमए, एमबिएस, बिए, बिबिएस र बिएड तहको पढाइ हुुँदै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds