सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाद्वारा अस्वीकार

सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाद्वारा अस्वीकार

विश्वकप खेल्न जान पाएनन्

sandeep lamichhane 3

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरिदिएको छ।  भिसाको आवेदन दिएका सन्दीपको भिसा अमेरिकाले अस्वीकार गरेको हो ।

सन्दीपले अमेरिका र वेस्ट इण्डिजमा हुन लागेको टी–२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा अप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ।

आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इण्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी–ट्वान्टी क्रिकेट विश्वकपमा सन्दीप लामिछानेले खेल्न नपाउने निश्चित भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले सन्दीपको भिसा आवेदन अस्विकार गरेसँगै उनले नेपालबाट विश्वकप खेल्न नपाउने निश्चित भएको हो ।

लामिछानेले आफूलाई अमेरिकाले भिसा नदिएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । यसअघि २०१९ मा पनि उनले भिसा पाएका थिएनन् ।

सन्दीपले लेखेका छन्,

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds