साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा कायम भएको छ।
मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढेको थियो।
दोहोरो अंकले बढेको बजारमा ३१८ स्क्रिप्सको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर ५ अर्ब ६८ करोड ७६ लाख८० हजार ९१२ रुपैयाँमा खरिदबिक्री भए। साताको पहिलो कारोबार दिन आइतबार ५ अर्ब २५ करोड र सोमबार ५ अर्ब ८५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
यसदिन दुईवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सामुदायिक लघुवित्त वित्तीय र बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको हो।मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। यो कम्पनीको सेयर ८.०५ प्रतिशतले घट्यो।
कारोबारमा आएका ८१ स्टकको मूल्य बढ्दा १६१ वटाको मूल्य घट्यो। ५ स्टकको मूल्य भने आज स्थिर रह्यो। चारवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक भने नकारात्मक देखिएका छन्।
बैंकिङ,डेभलपमेन्ट,होटल्स एण्ड टुरिजम र म्यु्चुअल फण्डको सूचक सकारात्मक देखिएका अन्य समूहको उपसूचक भने राताम्मे देखिएका छन्।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की