सिरोहिया पक्राउबारे प्रचण्डले भने– ‘अदालती प्रक्रिया हो, बढ्ता होहल्ला गर्न जरूरी छैन’

सिरोहिया पक्राउबारे प्रचण्डले भने– ‘अदालती प्रक्रिया हो, बढ्ता होहल्ला गर्न जरूरी छैन’

kailash-prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा बढ्दा होहाल्ला गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् ।

नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सिरोहियाको मुद्दा अदालती प्रक्रियाबाट टुंग्गो लाग्ने उनले बताए । उनले भने- ‘यो अदालतले प्रक्रिया अगाडि बढाउ भनेपछि अदालती प्रक्रिया मैले बुझेको छु । बढ्ता हो-होल्ला गर्नु आवश्यक छैन ।’

सरकारले रिसिबी साँध्यो भन्ने आरोप छ नि ? भन्ने पत्रकारको जिज्ञासामा उनले यसमा कुनै सत्यता नभएको जिकिर गरे ।

‘त्यो गलत हो, उहाँसँग किन रिसिबी ?’, उनको भनाइ थियो ।

गृहमन्त्री व्यक्तिगत रूपमै आउनुभयो भन्ने छ नि ? भन्ने जिज्ञासामा उनको जवाफ थियो- ‘त्यो मान्छेले भन्ने कुरा मात्रै हो । उहाँ अदालती प्रक्रियाबाट निर्दोष हुनुहुन्छ सजिलै छुट्नुहुन्छ । त्यो हल भइहाल्छ ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध समाचार लेखेकै कारणले सिरोहियामाथि प्रतिशोध साँधेको आरोप लागिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds