गृहमन्त्रीविरुद्ध विरोध प्रदर्शन गर्ने कांग्रेसको निर्णय, पर्सी भ्रातृ संगठनलाई सडकमा उतार्ने

गृहमन्त्रीविरुद्ध विरोध प्रदर्शन गर्ने कांग्रेसको निर्णय, पर्सी भ्रातृ संगठनलाई सडकमा उतार्ने

nepali congress

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा उत्रिने निर्णय गरेको छ ।

सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको हो । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा उतार्ने निर्णय भएको छ ।

बैठकस्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ डिला संग्रौलाले आवश्यकताको उपत्यकाबाहिर प्रदर्शन गर्न थप कार्यक्रम लैजाने बताइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ