पोखरा: कास्की प्रहरीले मोटरसाइकलको स्वरुप परिवर्तन गरी (मोडिफाई) ध्वनी आतंक मच्चाउँदै हिडेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुस्ताङ स्थायी घर भई हाल पोखरा महानगरपालिका ३ नदीपुर बस्ने २१ वर्षीय मनिष सिस्तेल रहेका छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले मोडिफाई गरिएको बा १० प ५२२८ नम्बरको क्रसफायर मोटारसाइकलसहित मंगलबार बेलुकी साढे ६ बजे गैह्रापाटनबाट पक्राउ गरिएको हो ।
उनले गैह्रापाटन क्षेत्रमा क्रसफायरलाई मोडिफाई गरी चर्काे आवाज आउने गरी पड्काउँदै हिडेको भन्ने कास्की प्रहरीलाई प्राप्त सूचनाको आधारमा खोजतलास गरिएको थियो ।
त्यसपछि उनलाई विशेष टोलीले पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए । उनका अनुसार मोटरसाइकलसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
कास्की प्रहरीका प्रमुख मोहन कुमार थापाले यसअघि नै सम्बन्धित निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसेको छ ।
पोखरामा स्वरुप परिवर्तन गरी अत्याधिक मात्रामा ध्वनी प्रदुषण गरी सवारी साधन चलाउने गरेको जनगुनासोको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले अभियानकै रुपमा सरोकारवालाहरुलाई (वर्कसप संचालक, रिकन्डिसन हाउस संचालक) लिएर स्टिकर टाँस्ने तथा सचेतना कार्यक्रम सम्पन्न गरिसकेको छ ।
सो समयमा एसपी मोहन कुमार थापाले मोडिफाई गर्ने वर्कसप र चालकलाई २५ दिन सम्म थुन्नेसमेत बताएका थिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते