गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसको चेतावनी : ‘कैलाश सिरोहियामाथि कारबाही भए हामी सहँदैनौँ’

गृहमन्त्री रवि लामिछानेलाई कांग्रेसको चेतावनी : ‘कैलाश सिरोहियामाथि कारबाही भए हामी सहँदैनौँ’

badri pandey

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कारबाही गर्न चुनौती दिएको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस सांसद सांसद बद्रीप्रसाद पाण्डेले सिरोहियामाथि कारबाही भए कांग्रेसले नसहने बताए ।

उनले राणा र राजालाई समेत नसहेको कांग्रेसले गृहमन्त्रीलाई पनि त्यस्तै अवस्थामा पुर्‍याइदिने चेतावनी दिए ।

कांग्रेस सांसद पाण्डेले भने, ‘भर्खर सुनिएको समाचार अनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको मैले सुनेको छु । कानुनी दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन, कसैलाई पनि सहँदैन त्यो पनि म जानकारी गराउन चाहन्छु ।’

उनले संसदीय छानबिन समितिको टिओआर नबनेसम्म संसद् बैठक नचल्ने बताए ।

फर्जी नागरिकता लिएको उजुरीपछि कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहिया विरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ