पोखराको पृथ्वीचोक बसपार्क एरियामा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई आफू अनुकूलको होटल तथा बसमा जानको लागी झोला तान्ने, पैसाको अनावश्यक मोलमोलाई गर्ने तथा लागूऔषध जन्य पदार्थ सेवन गरी होहल्ला गरी स्थानीयवासीहरुलाई दुख हैरानी दिनेहरु सात जना पक्राउ परेका छन् ।
सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदाम तथा अस्थायी प्रहरी विट पृथ्वीचोकबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न ७ जना व्यक्तिहरुलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्वको कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको डीएसपी बसन्त शर्माले जानकारी दिए ।
पक्राउ पर्नेहरु निम्नानुसार छन्ः
१. जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.४ बस्ने वर्ष ३८ को यम बहादुर बि.क.,
२. ऐ. वडा नं ९ बस्ने वर्ष २८ को सागर क्षेत्री,
३. ऐ. ऐ. बस्ने वर्ष २९ काो बिक्रम सुनार,
४. ऐ.ऐ. बस्ने वर्ष २४ को अर्जुन सेन्चिरी,
५. ऐ.ऐ. बस्ने वर्ष २० को लक्ष्मण सिंह,
६. ऐ.ऐ. वडा नं ७ बस्ने वर्ष २२ को बिकाश श्रेष्ठ,
७. ऐ.ऐ. वडा नं २६ बस्ने वर्ष २८ को साजन परियार ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते