पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन

PU-Hospital-3

पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार आयोजित समारोहमा अस्पतालको उद्घाटन गरेका हुन् ।

पोखरा ३०, ढुंगेपाटन, खुँदीमा रहेको यो अस्पताललाई गत चैतमा केही शर्त पालना गर्ने गरी ६ महिनाका लागि १ सय बेड क्षमताको अस्पताल संचालन गर्न प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको थियो ।

१ सय शैयासम्मको अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले अनुमति दिने भए पनि त्यसभन्दा माथि शैयाका लागि संघ सरकारको अनुमति लिनुपर्छ ।

उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री अधिकारीले अस्पतालले २ वर्षमा बेड क्षमता ३ सय पुर्‍याएर एमविविएसको अध्यापन गर्ने लक्ष्य पूरा गर्न सकोस् भनी शुभकामना दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds