सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिँदै कांग्रेसप्रति खरो टिप्पणी गरेको छ ।
दाहालप्रति आफूहरूको विश्वास हिजोको तुलनामा अझै फराकिलो भएको उल्लेख गर्दै सत्तारुढ दलहरूका तर्फबाट दाहाललाई विश्वासको मत दिँदै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले भने, ‘देशले राजनीतिक स्थायित्वको मार्गमा दृढताका साथ अगाडि बढ्ने अठोट गरेको छ । त्यो अठोटको नेतृत्व यो प्रतिनिधि सभाले गरेको छ, प्रधानमन्त्री दाहालले गर्नुभएको छ । राजनीतिक स्थायित्व कायम गर्दै देशलाई अघि बढाउने महाअभियानमा सरकारलाई साथ दिनु सबै दलको कर्तव्य हो ।’
सोमबार कांग्रेसको सदन अवरोधकै बीच प्रधानमन्त्री दाहालले विश्वासको मत सदनबाट मागेसँगै सत्तारुढ दल नेकपा एमालेले पर्दाभित्रबाट कांग्रेसले सरकारलाई कमजोर पार्ने र परिवर्तन गर्ने कोसिसमा असफल भएको उनको टिप्पणी थियो ।
‘प्रतिनिधि सभाले निर्वाचित गरेको सरकारले पूरा कार्यकाल पूरा गर्ने छ । यही अपेक्षा र विश्वासका साथमा नेकपा एमालेको साथै सरकारमा रहेका सबै दलहरूको तर्फबाट विश्वासको मत प्रदान गरिने व्यहोरा अनुरोध गर्दछु’, पौडेलले भने ।
प्रतिनिधि सभामा सत्तारुढ दलबाट प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको घोषणा गर्दै नेकपा एमाले उपाध्यक्ष पौडेलले भने, ‘पारदर्शी ढंगले होइन, पर्दाभित्रबाट सरकारलाई कमजोर पार्ने, सरकार बदल्ने कोसिसहरू पनि भए,’ उनले थप भने, ‘त्यो कोसिस माकुरोको जालो जसरी च्यातियो । प्रतिनिधि सभाले सरकार परिवर्तन होइन अझ धेरै बल दिन चाहन्छ भन्ने कुरा घटनाक्रमले पुष्टि गरेको छ । सरकार परिवर्तनका निम्ति गरिएका प्रयासहरू माकुरोको जालो जसरी च्यातिएपछि स्वभाविक रुपमा त्यसका प्रतिक्रियाहरू सदनमा व्यक्त भैरहेका छन् ।’
उपाध्यक्ष पौडेलले कांग्रेस सरकार परिवर्तन गर्ने वा कमजोर पार्ने प्रयासमा असफल बनेपछि सदन अवरोधमा उत्रेको टिप्पणी गर्दै प्रश्न गरे । ‘कांग्रेसको प्रतिक्रिया पछाडिको कारणहरू हामी महसुस गर्न सक्छौँ । त्यसको अनुमान हामी गर्न सक्छौँ । बेचैनी छटपटी समस्याको समाधान होइन’, पौडेलले भने ।
उनले आफूलाई सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी मान्ने कांग्रेसले सदन अवरोध गर्न नहुनेमा जोड दिँदै पौडेलले प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यूले सदनको विश्वासका निम्ति अग्रसर हुँदा सभाको विश्वास छ भनेर विश्वासको मत लिने प्रकृयालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो प्रकारको लोकतन्त्रको अभ्यास गरेको हो ?’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो