प्रचण्डलाई कांग्रेसको जवाफ- मूल्य कसले चुकाउनुपर्छ, हेर्दै जाउँला

प्रचण्डलाई कांग्रेसको जवाफ- मूल्य कसले चुकाउनुपर्छ, हेर्दै जाउँला

Samsad-Congress-narabaji

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिएको छ ।

विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसको विरोधलाई लक्षित गर्दै ‘चर्को मूल्य चुकाउनुपर्ने’ बताएका थिए ।

यसपछि प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले जवाफ दिएको हो । संसद् बाहिर कांग्रेस सांसद रामहरि खतिवडाले भने, “प्रधानमन्त्रीको भनाइप्रति हाम्रो भनाइ थप केही छैन तर, त्यो चर्को मूल्य कसले चुकाउनुपर्छ । हेर्दै जाउँला ।”

उनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको भनाइप्रति आफूहरू गम्भीर भएको बताए ।

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने लगभग-लगभग प्रमाणित दोषी भएको उल्लेख गर्दै सांसद खतिवडाले थपे, “तर, जुन संस्कारबाट आएको छ, त्यही हुने हो । तर, बोल्दा विचार पुर्‍याएर बोल्नुपर्छ ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ