चिल्ड्रेन नेपालद्वारा सहारा आ.वि. मा सहयोग

चिल्ड्रेन नेपालद्वारा सहारा आ.वि. मा सहयोग

children nep

पोखरा । पोखरा–९, वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत संस्था चिल्ड्रेन नेपालले १ थान रङ्गिन प्रिन्टर एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ ।

पोखरा महानगरपालिका वडा नं–९, का वडाध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख अतिथ्यतमा सञ्चालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचान कुमारी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

चिल्ड्रेन नेपालले लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले यसरि विद्यालयमा सहयोग गर्न पाउँदा खुसि लागेको धारण चिल्ड्रेन नेपालका कार्यकारी अधिकृत डिल्लि शर्मा पौडेलले व्यक्त गरे, सोहि क्रममा उनले यस विद्यालयमा अध्ययनरत ४६ बालबालिकाहरुलाई सो संस्थाले सहयोग गरिरहेको पनि जानकारी गराए । विपन्न तथा अव्यवस्थित वस्तिका २७० विद्यार्थी अध्ययन गर्ने विद्यालयमा विद्यालयको कार्यालय सञ्चालन तथा शैक्षिक सामाग्रि निर्माणमा प्रिन्टरको भूमिका अमूल्य हुने समेत अपेक्षा समेत व्यक्त गरे ।

सोहि क्रममा विद्यालयका सल्लाहकार तथा सहारा क्लबका वरिष्ट उपाध्यक्ष एवम् कालिका मा.वि का शिक्षक पूर्ण वहादुर गुरुङलाई निम्न माध्यमिक तह द्वितीय श्रेणिमा वढुवा भएको अवसरमा विद्यालयले वधाई तथा शुभकामना पनि व्यक्त गरेको थयो । उक्त अवसरमा गुरुङले यस विद्यालयमा स्थापनाकालदेखि जोडिएर विभिन्न हिसावले काम गर्न पाएकोमा खुसि व्यक्त गर्दै विद्यालयलाई सहारा क्लबको तर्फबाट निरन्तर सहयोग गरिरहेको र अझ थप सहयोग गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।

कार्यक्रमा विशेष अतिथी एवम् कालिका सशस्‍त्र प्रहरी गण कास्कीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अरूणकुमार शर्मा पौडेलले पूर्व प्रहरी क्लब १०२ का तर्फवाट विद्यालयका बालबालिकाहरुलाई खेलकुदमा हौसला प्रदान गर्न १२ थान जर्सी समेत हस्तान्तरण गरे । कार्यक्रमा बोल्दै प्रहरी उपरिक्षक पौडेलले पोखरालाई पर्यटनको मात्र नभई खेलकुदको राजधानी समेत बनाउन जोड दिदै सो सपना साकार पार्न बालबालिकाहरुलाई जर्सि हस्तान्तरण गरिएको बताए ।

नेपाल सरकार द्वारा प्रदान गरिने सामुदायिक विद्यालयमा अध्ययनरत दलित,पिछडिएको समुदायका बालबालिका र छात्रहरुलाई प्रदान गरिने छात्रबृत्ती वितरण कार्यक्रमसमेत रहको कार्यक्रममा प्रमुख अतिथी पोखरा मनपा वडा नं ९, का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले विद्यालयको भौतिक पाटोमात्र नभइ शैक्षिक गुणस्तरमा समेत सबैले चासो व्याक्त गर्नुपर्ने धारणा व्यक्त विद्यालयको हरेक क्षेत्रमा सधै प्राथमिकताका साथ काम गर्ने प्रतिवद्दता व्यक्त गरे ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका शिक्षा अधकृत जीवन प्रसाद रेग्मी, जनप्रतिनिधि नन्दराम गिरि, सहारा क्लब पोखराका अध्यक्ष केशबराज बराल, विद्यालय व्यवस्थापन समितिका सदस्य, चिल्ड्रेन नेपालका वरिष्ट कार्यक्रम संयोजक शारदा शर्मा, सल्लाहकारहरु अभिभाबवकहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकालीले ग्रहण गरेका थिए । सो कार्यक्रमका समापनका क्रममा अध्यक्ष थकालीले सम्पूर्ण दाताहरुलाई धन्यवाद व्यक्त गर्दै जटिल अवस्थाको समुदायका बालबालिकाहरु अध्ययन गर्ने विद्यालयलाई सबैको सहयोग र चासोमा जोड दिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds