पोखरामा जुवातास खेल्ने ६ जना पक्राउ

पोखरामा जुवातास खेल्ने ६ जना पक्राउ

pakrau

पोखरा । पोखराबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

उनीहरुलाई शनिबार राति करिब ८ बजे पोखरा ७ रत्नचोकस्थित अर्जुनकुमार श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १५ हजार २२५ रुपैयाँ बरामद भएको छ ।

पक्राउ पर्नेमा अर्जुनसँगै सोही ठाउँका ६३ वर्षीय शिवबहादुर विक, ५२ वर्षका बसन्त केसी, ३६ वर्षका बसन्त लामा, ४५ वर्षका कृष्ण रावत र ५६ वर्षका गोकर्ण श्रेष्ठ छन् ।

पक्रउ परेका उनीहरुलाई ८ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ