एमाले बिना मुलुकको समृद्धि र विकास सम्भव छैन: उपमहासचिव गुरुङ

नयाँ नेतृत्व

एमाले बिना मुलुकको समृद्धि र विकास सम्भव छैन: उपमहासचिव गुरुङ

एमाले मुस्ताङ अध्यक्षमा मार्फाका लालचन

ps mustang

जोमसोम—नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले एमाले बिना मुलुकको समृद्धि र विकास सम्भव नभएको बताएका छन् ।

नेकपा (एमाले जिल्ला कमिटी मुस्ताङको आठौं जिल्ला अधिवेशनको शनिबार जोमसोममा उद्घाटन गर्दै एमाले उपमहासचिव गुरुङले मुलुकको समृद्धि र विकासलाई गतिशील तुल्याउन एमाले मात्रै राष्ट्रको एक मात्र निर्णायक शक्ति भएको दाबी गरे ।

एमाले उपमहासचिव गुरुङले कांग्रेस सरकार चलाउन नसक्ने पार्टी भएको बताए ।‘कांग्रेस लोकतन्त्रको वकालत मात्र गर्छ, व्यवहार देखाउन सक्दैन, एमाले लोकतान्त्रि अभ्यासमा विश्वाश गर्छ’ उपमहासचिव गुरुङले थपे,‘ एमाले देश र जनताको पक्षमा सोच्छ, तर काग्रेस पार्टी पुँजीपती वर्गको हितमा काम गर्छ, भ्रष्ट र तस्करीको पक्षपोषण गर्छ ।’

उपमहासचिव गुरुङले एमालेको मुस्ताङको ८ जिल्ला अधिवेशनमा कांग्रेससहित माओवादी,रास्वपा र एकिकृत समाजवादी समेतलाई कटाक्ष गर्न भ्याए । उपमहासचिव गुरुङले भने,‘ माओवादी पार्टी बिरालो हो, एमाले पार्टी बाघ हो, बिरालो र बाघ भनेको बाघनै हो । बाघले मात्रै सबै परिस्थितीको सामाना गर्नसक्छ ।’

विगतमा एमाले जस्तो दाई पार्टीलाई लत्याएर माओवादीले कांग्रेससंग कुम जोड्न पुगेको उपमहासचिव गुरुङको भनाई छ । एकिकृत समावादी पार्टीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने सपना देखेर पार्टी नयाँ पार्टी खोलेको बताए ।‘एमाले र एकिकृत समाजवादी पार्टीको नीति सिद्धान्त,संगठन र कार्यदिशामा फरक छैन, फरक दुई कुरामा मात्र छन् ,त्यो हो अध्यक्षको नाममा पार्टी पछाडिको शब्द ।’

महासचिव गुरुङले नयाँ उदाएको पार्टी रास्वपामा मुलुक बनाउने कुनै भिजन नभएको बताए । यो पार्टी अमेरिकाको नेशनल फ्रिडम पार्टीको लोगो स्थापित गरेर नेपालमा खोलिएको पार्टी भएको टिप्पणी गरे ।

यसैगरी, अधिवेशनलाई सम्वोधन गर्दै नेकपा(एमाले)का पार्टी सचिव गोकर्ण बिष्टले संसदमा दुई पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली माथि अशिष्ट,अराजनैतिक र अपराधिक ढंगले नेपाली कांग्रेस प्रस्तुत हुन दुर्भाग्यपूर्ण भएको बताए । उनले एमाले लोकतान्त्रिक पद्धति र अभ्यासमा विश्वाश गर्ने पार्टी भएको उल्लेख गरे ।

कांग्रेसलाई असंसदीय हर्कत नदेखाउन अनुरोध गर्दै उनले कांग्रेस लगायत केही दलले सरकारमबाट बहिर्गमन हुनु परेको पीडा संसदमा प्रस्तुत गरेको बताए । कांग्रेसले नोक झोँकमा जनताले पठाएका जनप्रतिनिधिहरुको जनताको आवाजहरुलाई कुण्ठित गर्न खोजेको आरोप लगाए । सचिव बिष्टले यसप्रकारका समस्या रहिरहे संसदमा चुनौती सृजना हुने पनि बताए ।

सचिव बिष्टले देशमा बर्सेनि ७ लाख युवाहरु विदेश पलायन भईरहेको र स्वदेशमा रोजगारीको अवसर सृजना गर्दै विदेश पलायन हुने क्रमलाई न्यूनिकरण गर्न आवश्यक रहेको बताए । देशको समग्र विकास र समृद्धिको खाका कोर्न एमालेले मिसन ८४ लाई आत्मसाथ गर्नपर्नेमा जोड दिए ।

एमाले मुस्ताङको आठौं जिल्ला अधिवेशनलाई केन्द्रिय सदस्य चन्द्रमोहन गौचन, एमाले जिल्ला अध्यक्ष आशबहादुर थकाली ,छेवाङ रिन्जिङ गुरुङ र एमाले जिल्ला उपाध्यक्ष रमेश गुरुङले सम्वोधन गरेका थिए ।

अध्यक्षमा मार्फाका लालचन

नेकपा(एमाले) जिल्ला कमिटी मुस्ताङका अध्यक्षमा मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फाका दिपक लालचन निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा लालचनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् । यसअघि एमाले मुस्ताङको अध्यक्ष पदका लागि ३ जनाले आकांक्षा देखाएका थिए । घरपझोङ गापाकी पूर्व उपाध्यक्ष शर्मिला गुरुङ र एमाले सचिव बिनोद बिसी अध्यक्ष पदको आकांक्षी थिए ।

उनीहरुबीच सहमती जुटाउने प्रयास गर्दा बन्द सत्र लम्बिएको थियो । ३० सदस्ययीय पदाधिकारी तथा सदस्यका लागि सर्वसम्मतीको प्रयास भईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds