शौचालय जाँदा लडेर एक महिलाको मृत्यु

शौचालय जाँदा लडेर एक महिलाको मृत्यु

death body

काठमाडौं । भक्तपुरमा शौचालय जाँदा लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ कि ४६ वर्षकी जमुना भट्टराई रहेकी छन् ।

सूर्यविनायक नगरपालिका–५ कटुन्जेमा गए राति साढे ३ बजे शौचालय जाने क्रममा जमुना घरको पहिलो तलाबाट लडेकी थिइन् ।

जिल्ला प्रहरीका अनुसार लडेर गम्भीर घाइते भएकी जमुनालाई श्रीमान हिरा भट्टराईले काठमाडौं मेडिकल कलेज दुवाकोट लगेका थिए ।

अस्पतालमा उपचारका क्रममा उनको शनिबार बिहान साढे ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ