भारतीय ब्रान्ड एमडिएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक

भारतीय ब्रान्ड एमडिएच र एभरेस्टका ४ प्रकारका मसलाको आयातमा रोक

masala-of-everest-and-MDH

नेपालले भारतीय ब्रान्ड एमडिएच र एभरेस्टका चार प्रकारका मसला आयातमा रोक लगाएको छ।

हङकङ र सिंगापुरले ती मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै आयातमा रोक लगाएको खबर बाहिरिएपछि नेपालमा समेत रोक लगाइएको हो। ‘एथलिन अक्साइड’ ले मानिसमा क्यान्सर गराउन सक्ने मानिन्छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एमडिएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्री-वितरणमा रोक लगाउने निर्णय गरेको हो।

विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय समेत गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ