पोखरा । २५६८ औं बुद्ध जयन्ती एवं सागादावा तिथिको अवसरमा धार्मिक प्रवचन कार्यक्रम हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनमा यहि जेठ ५ गते शनिबार धार्मिक प्रवचन कार्यक्रम हुन लागेको हो ।
पेमा धेछेन लिङ गुम्बा लेकसाइड खहरेमा हुने प्रवचनमा गुरुङ लामा सघं नेपालका अध्यक्ष धर्म गुरु खेन्पो शिर लामा र पञ्चासे बिहारको संस्थापक लामा मिन गुरुङबाट बुद्ध जीवनी र प्रज्ञा पारमिताको विषयमा धर्म देशना प्रवचन हुने बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए । पूजा कार्यक्रम तथा बत्ति बाल्ने बिहान ६ बजे बाटै हुनेछ । कार्यक्रमको औपचारिक शुरुवात भने बिहान सवा ७ बजे हुने तामाङले जानकारी दिएका छन् ।
बुद्ध जयन्ती मूल समारोह समिति कास्कीको सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बैदाम तामाङ सेवा समाजले धार्मिक प्रवचन कार्यक्रम आयोजना गर्न लागेको हो । शनिबार हुने पवित्र धार्मिक कार्यक्रममा विशेष गरी बुद्धको ज्ञान, प्रवचन, श्रवण गर्न र प्रसाद ग्रहण गरी धर्मको लाभ लिनका निमित्त सम्पुर्ण बुद्ध धर्मवलम्बीहरुलाई उपस्थितिको आयोजकले आह्वान गरेको छ ।
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम