पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा

पोखरा ७ पूर्णखोप सुनिश्चित घोषणा

khop news photo

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । मंगलबार प्रभातफेरी सहित पूर्ण खोप सुनिश्चितता वडा घोषणा गरिएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख हेमप्रसाद आचार्यले वडाबाट नै पूर्ण खोपको सुनिश्चितता र दिगोपनाको घोषणा हुनुले राज्यका सबै सम्बन्धित निकायहरुलाई झक्झकाउने बताउँदै अन्य वडाहरु र पुरै देशमा यो सन्देश पुग्ने विश्वास व्यक्त गरेका थिए ।

पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले चालु आव भित्रको १० महिनाको अवधिमा १६ देखि ५९ महिनाका सबै बालबालिकाहरुले १३ प्रकारका खोपका मात्रा पूर्ण रुपले लगाएको बताए । साथै उनले जनचेतना फैलियो भनेर पन्चे बाजा, भजन टोली सहितको प्रभातफेरीको कार्यक्रम पनि गरिएको बताए ।

घोषणा कार्यक्रम अगाडि वडाको आयोजनामा महिला स्वास्थ्य स्वयम्सेवकीहरु, जनप्रतिनिधिहरु, आमा समुह, टोलविकास संस्था, युवा क्लब लगायत वडामा सक्रिय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds