पोखरा । पोखरामा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर राष्ट्रिय प्रतियोगिताको सुरुवात गरेको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीले राष्ट्रिय जुनियर यू–१५ मा आयोजना हुने विभिन्न ६ खेलका संघका पदाधिकारीहरु संग छलफल गरी तयारी सुरु गरेको जनाएको हो । यहि जेठ ३० देखि ३२ गते सम्म पोखरा मा आयोजना हुने यू–१५ राष्ट्रिय जुनियर प्रतियोगितामा ६ खेल हुनेछन् ।
प्रतियोगितामा एथलेटिक्स महिलारपुरुषतर्फ विभिन्न ८ इभेन्टहरु हुनेछन् । त्यसै गरी टिम गेम्सतर्फ महिलारपुरुष बास्केटबल र रग्बी, व्याडमिन्टन टेबुल टेनिस र बुद्धिचालका खेलहरु सञ्चालन हुनेछन् ।
परिषदले तयारी स्वरुप गरेको छलफलमा यहि जेठ २० गते भित्र सबै खेलका छनौट खेलहरु सम्पन्न गर्ने सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् ।
सम्पन्न छलफलमा परिषदका सदस्यहरुलाई समेत प्रतियोगिता सफल बनाउन विभिन्न जिम्मेवारी समेत तोकिएको छ भने संघहरुलाई छनौट व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको व्यवस्थापनमा हुने राष्ट्रिय यू–१५ जुनियर प्रतियोगिता पहिलो पटक आयोजना हुँदैछ । प्रतियोगितामा सात प्रदेशका खेलाडीहरुको सहभागिता हुनेछ ।
सम्बन्धित खबर
टाइगर कप भलिबलः फाइनल खेल आइतबार हुँदै
टाइगर कप पुरूष भलिबलः आर्मीलाई पराजित गर्दै गण्डकी फाइनलमा
टाइगर कप महिला भलिबलः न्यू डायमण्डलाई हराउँदै आयोजक टोली फाइलनमा
अली मियाँ स्मृति चौँथो खुल्ला सेभेन ए साइड फुटबलः क्वाटर फाइनलको समिकरण पूरा
टाइगर कप भलिबलमा आज दोस्रो क्वालिफायरका खेल हुँदै
हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
पोखराको साइमनबाट झण्डै १५ लाख चोरेर फरार दुई पूर्वकर्मचारी बुटवलमा पक्राउ
आईटी सेवामा पनि प्रवेश गर्यो सिटिजन ग्रुप