यहाँका जलविद्युत आयोजनाहरुले खोलामा कमिला हिँड्ने गरी पानी निमिट्यान्न पार्दा वातावरणमा प्रतिकूल प्रभाव पारेकाले गण्डकी प्रदेश उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयले पुनः हाइड्रो सञ्चालकलाई पत्राचार गरेको छ ।
उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री बेद बहादुर गुरुङ ‘श्याम’ ले यसअघि मन्त्री हुँदा पठाएको पत्रानुसार काम नभएकाले उक्त विषय पुनः स्मरण गराउँदै आवश्यक पानीको वहावको व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।
जलविद्युत विकास नीति २०५८ अनुसार नदी, खोलाको न्यूनतम मासिक औसत बहावको कम्तीमा १० प्रतिशत वा वातावरणीय प्रभाव मूल्यांकन अध्ययन प्रतिवेदनबाट देखिएको आवश्यक मात्राको पानी नदी, खोलामा छोड्नुपर्ने व्यवस्था छ । तर, अधिकांश जलविद्युत आयोजनाले नियम पालना गरेका छैनन् ।
तल्लो तटीय क्षेत्रमा कमिला नै हिँड्ने गरी पानी सुकाउँदा जलचर नष्ट मात्र भएका छैनन्, यही पानीबाट सिञ्चाई हुने ठाउँमा खेत बाँझो हुने अवस्थामा पुगेका छन् । खोलामा पानी नहुँदा जंगली जनावर, चरनमा लगेका बस्तुभाउसमेत पानी खान वञ्चित भएका छन् ।
आधा दर्जन बढी जलविद्युत आयोजना सञ्चालन भएको कास्कीको मादीखोला प्रत्यक्ष मारमा परेपछि स्थानीयले गुनासो गरेका छन् । मादी गाउँपालिकाका पूर्व अध्यक्ष गुरुङ आफै भुक्तभोगी भएको र अध्यक्षको कार्यकालमा पनि यसबारे आवाज उठाएकाले अहिले सोहि मन्त्रालयको नेतृत्व लिँदा उनी यो नियम पालना गराउन तात्तिएका हुन् ।
जलविद्युत योजना स्थानीय तहसँग समन्वय नगरी सिधै माथि (संघीय सरकार)बाटै अनुमति र सम्झौता हुनेहुँदा स्थानीय तह मुकदर्शक भएर बस्न बाध्य छ । मन्त्री गुरुङले यसअघिकै कार्यकालमा आफूले पत्राचार गरेर नियमानुसार गर्नु भनेपनि जलविद्युत आयोजनाले नटेरेको बताउँछन् ।
‘यसअघि ठ्याक्कै ३ महिना अघि फागुनमा नै ताकेता गरेको थिएँ । मन्त्रालयबाट सबै आयोजनालाई परिपत्र गरेको हूँ । कार्यान्वयन गर्नेबेला सरकारबाट बाहिरिनुपरिहाल्यो, त्यसपछि उनीहरुले वास्ता गरेको पाइएन । अहिले पनि त्यही मिति स्मरण गराउँदै मन्त्रालयमार्फत् पत्र काटिएको छ । नमाने एक्सनमा उत्रनुको विकल्प छैन ।’ मन्त्री गुरुङले भने ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते