पोखरा । पोखरामा शिक्षकहरु लक्षित पाँच दिने गण्डकी प्रदेशस्तरीय ह्याण्डबल प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको ब्यवस्थापनमा पोखरा रंगशालामा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले एक कार्यक्रमका बीच शुभारम्भ गरे । सो अवसरमा बोल्दै सदस्य सचिब शर्माले प्रदेश खेलकुद परिषद तल्लो तहबाटै खेलकुदको जग बलियो बनाउने अभियानमा परिषद अघि बढेको बताए ।
यूवा खेलाडी उत्पादन गर्नका लागि नै विद्यालयका खेल शिक्षक लक्षित विभिन्न प्रशिक्षण कार्यक्रम लगायत दशौं राष्ट्रिय खेलकुदका लागि विभिन्न प्रतियोगिताहरु समेत परिषदले तय गरेको जनाउँदै सदस्य सचिव शर्माले परिषद खेलकुद विकासका लागि सबै संग सहकार्य गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै परिषदका निवर्तमान सदस्य सचिव एवं नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले परिषदले अघि सारेको अभियान महत्वपूर्ण रहेको जनाउँदै कार्यक्रमले जिल्लाहरुमा यूवा ह्याण्डबल खेलाडी उत्पादनका लागि सहयोगी हुने बताए । उनले अबको प्रशिक्षण प्रविधिमैत्री बनाउन समेत जोड दिए ।
पोखरा रंगशालामा सुरु भएको प्रशिक्षणमा विभिन्न जिल्लाका विभिन्न विद्यालयका ४० जना शिक्षकहरुको सहभागिता रहेको प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकले जानकारी दिए । सहभागिहरुलाई प्रशिक्षकहरु राम बहादुर क्षेत्री, चित्र बहादुर थापा, विशाल बस्नेतलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा प्रदेश खेलकुदका सदस्यहरु निर्मला बराल, विष्णुमायाँ गुरुङ, प्रदेश ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा बैद्य, कोषाध्यक्ष दिना गोतामेलगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो