पोखरा । सार्दीखोला पोखरा सम्पर्क समितिको चौथो अधिवेशनले बम बहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ।
समितिको प्रथम उपाध्यक्षमा लोकनाथ आचार्य, द्वितीय उपाध्यक्ष मनसुबा गुरुङ, सचिव अनिल गुरुङ, सहसचिव धन बहादुर गुरुङ र कोषाध्यक्षमा भोजराज आचार्य चयन भएका छन्।
समितिको सदस्यहरुमा सु. शेर बहादुर गुरुङ, आश कुमारी गुरुङ, कमला गुरुङ, सु. तेज बहादुर गुरुङ, नासु हिरा बहादुर घले, ईन्द्रकाजी गुरुङ, क्या. हर्क बहादुर गुरुङ, लिला बहादुर क्षत्री र दुर्गा लक्ष्मी गुरुङ सर्वसम्मत चयन भएका छन।
अधिवेशनको गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले उद्घाटन गर्दै सार्दिखोला पोखरा सम्पर्क समितिले गरेको काम प्रशंशनीय रहेको बताए।
सम्पर्क समितिका अध्यक्ष बम बहादुर गुरुङको अध्यक्षतामा भएको चौथो अधिवेशन तथा १३ औं साधारण सभामा माछापुच्छ्रे गाउँपालिकाका प्रबक्ता एवं वडा नं २ का वडाध्यक्ष गणेश आचार्य, माछापुच्छ्रे माविका प्रअ सन्तोष आचार्य, सम्पर्क समितिका सल्लहाकार समिति संयोजक अम्बर बहादुर गुरुङ्ग, सदस्य मित्रलाल आचार्य, प्रथम उपाध्यक्ष लोकनाथ आचार्यले सम्पर्क समितिले शैक्षििक र सामाजिक क्षेत्रमा पुर्याएको भुमिकाको चर्चा गरेका थिए।
अधिवेशनमा अध्यक्ष बम बहादुर गुरुङ्गको समितिको प्रतिवेदन र कोषाध्यक्ष भोजराज आचार्यले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको सचिव अनिल गुरुङ्गले जानकारी दिए।
सम्बन्धित खबर
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते