काठमाडौं । संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा भने लचक देखिएको छ । कांग्रेसले संसद्को संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेस गर्न दिने भएको छ ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिनेबारे छलफल भएको छ । यद्यपि कांग्रेसले औपचारिक रूपमा भने निर्णय सार्वजनिक गरेको छैन। तर, कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएपनि छलफल भने गर्न नदिने बताइएको छ ।
दिउँसो तीन बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष ०८१।०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छन् ।
मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन लचक भएपनि आफ्नो अडान नछाड्ने कांग्रेसको रणनीति छ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।
कांग्रेस संसदीय दलको बैठक अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगरिदिन नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका थिए ।
कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखकलाई मंगलबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर प्रधानमन्त्री प्रचण्डले सहकारीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै संसदमा अवरोध नगरिदिन आग्रह गरेका हुन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो