स्याङ्जाका काँग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन

स्याङ्जाका काँग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन

khagendra sir

पोखरा । नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी खगेन्द्रराज रेग्मीको मंगलबार बिहान निधन भएको छ ।

लामो समयदेखि बिरामी रेग्मीको बिहान सवा ५ बजे आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिकास्थित गेझवासमा भएको हो । उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालयमा राखिने भएको छ ।

जिब्रोको क्यान्सरको उपचार गराइरहेका उनी पछिल्लो समय काठमाडौंबाट घर फर्केका थिए । नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति रेग्मी राष्ट्रिय सभाका पूर्व सदस्य समेत हुन् ।

उनी लामो समय शिक्षण पेसामा आबद्ध थिए । मनकामना मावि, त्रिभुवन आदर्श मावि, दहथुम माविमा उनले लामो समय गणित र विज्ञान विषय पढाए । राजनीतिक स्वार्थको चपेटामा परेका उनी करार शिक्षकका रुपमा कार्यरत रहे । रेग्मी अहिले पनि खगेन्द्र सरका नामले जिल्लामा पुकारिन्छन् ।

सशस्त्र द्वन्द्वका बेला उनलाई माओवादीले गोली हानी घाइते बनाएका थिए । २०५८ माघ २७ गते उनीमाथि माओवादीले गोली हानेका थिए । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि होमिएकै कारण उनी पटकपटक जेल परे । जेल परेका बेला उनलाई चरम यातना दिइएको रेग्मीले आफ्नो पुस्तकमा लेखेका छन् ।

पिता देवीप्रसाद माता नोनाकुमारीका १३ सन्तानमध्ये खगेन्द्र तेस्रो हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds