स्याङ्जाको हरिनास गाउँपालिकाका रिम बहादुर थापालाई जबरजस्ती करणी गरि गर्भवती बनाएको आरोपमा स्याङ्जा प्रहरीले पक्राउ गरेको छ ।
हरिनास गाउँपालिका -३ सिरिन्डाँडाका २१ वर्षीय रिम बहादुर थापाले डर, त्रासमा पारी बालिकालाई पटकपटक करणी गर्दै आएको खुलेको छ ।
परिवर्तित जिल्ला ४० स्थित आफ्नै घरकोठामा १५ वर्षीय परिवर्तित नाम `०८०/०८१ आधिखोला ९८´ लाई अन्तिम पटक गत कार्तिक महिनाको राती अन्दाजी १० बजे करणी गरेका थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए ।
पटकपटक करणी गरि गर्भवती बनाएको हुँदा कानुन बमोजिम गराई पाउँ भन्ने किटानी जाहेरी आएकोले थापालाई पक्राउ गरिएको प्रहरी निरीक्षक लामाले बताए ।
पक्राउ परेका थापालाई जबरजस्ती करणी मुद्दा दर्ता गरि स्याङ्जा अदालतबाट १० दिनको म्याद थप लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
सम्बन्धित खबर
कालीगण्डकीमा छाडियो तीन लाख बढी माछाका भुरा
छैठौं कालीगण्डकी अध्यक्ष कप तथा खेलकुद महोत्सव हुने
स्याङ्जामा महिलालाई नि:शुल्क लोकसेवा तयारी कक्षा
खुल्ला भजन चुड्का प्रतियोगिता हुने
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
स्याङ्जामा सवारी दुर्घटना घट्दै
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम