पोखरामा सडक दौड: तेञ्जेन र कविता प्रथम

पोखरामा सडक दौड: तेञ्जेन र कविता प्रथम

sadak dau

पोखरा । राष्ट्रिय मावि पोखराले हीरक महोत्सव अवसरमा आयोजना गरेको पाँच किमी विद्यार्थी सडक दौडमा छात्रतर्फ छोरेपाटनका तेञ्जेन रोका मगर प्रथम भए । छात्रातर्फ गौरीशंकरकी कविता मगरले उपाधि जितिन् ।

तेञ्जेनले ६ सय १३ जना धावकलाई पछि पार्दै निर्धारित दुरी १६ मिनेट ५७ सेकेण्डमा पूरा गरेका हुन् । छोरेपाटनकै प्रकाश थिङ दोस्रो र अक्सफोर्डका ईश्वर ढकाल तेस्रो भए । उनीहरुले निर्धारित दुरी १७ मिनेट १२ मिनेट र १७ मिनेट ४७ सेकेण्डमा पूरा गरेका हुन् ।

यस्तै, छात्रातर्फ प्रथम कविताले निर्धारित दुरी पार गर्न २२ मिनेट ३२ सेकेण्डमा पूरा गरिन् । उनले दौडमा दुई सय ५३ जनालाई पछि पारेकी हुन् । छात्रातर्फ मेघराज आधारभूत माविकी एन्जिला जिटी दोस्रो र छोरेपाटनकी साधना सेवा तेस्रो भइन् ।

छात्रछात्रा दुवैतर्फ प्रथम, दोस्रो र तेस्रोले क्रमशः सात, पाँच र तीन हजार साथमा पदक र प्रमाणपत्र पुरस्कार पाए । चौथोदेखि १०औं स्थान प्राप्त गर्ने विद्यार्थीलाईसमेत पदक र प्रमाणपत्र दिइएको थियो ।

दौडमा ४४ विद्यालयका ट सय १४ छात्र र दुई सय ५४ छात्रा गरी आठ सय ६८ जनाले भाग लिएका थिए ।

विजयीलाई गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, वडाध्यक्ष शाहारा प्रधान, नेपाल भूतपूर्व खेलाडी मञ्चका कावा अध्यक्ष दिलबहादुर गुरुङ, अग्रज खेलाडी खड्गबहादुर रानाभाट, विद्यालय अध्यक्ष रामविक्रम राणा, प्रधानाध्यापक ईश्वरी सापकोटा, हीरक महोत्सव खेलकुद उपसमिति संयोजक एवं ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

विजेतालाई नेपाल भूतपूर्व खेलाडी मञ्चले प्रोत्साहनस्वरुप पोखरा म्याराथन लोगोअंकित टिसर्ट प्रदान गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ