स्याङ्जाको भिरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा रमाइलो मेला हुने भएको छ ।
बयरघारी पिस युथ क्लबले `समाज र राष्ट्र विकासको लागि युवा एकता, अनुशासन, विकास र गतिशीलता´ भन्ने मुल नारासहित स्याङ्जाको भिरकोट नगरपालिका स्थित बयरघारी खेलमैदानमा रमाइलो मेला गर्ने भएको हो ।
२५६८ औं बुद्ध जयन्तीको अवसर तथा क्लबको वार्षिकोत्सबको अवसरमा खेलकुद, कला र संस्कृतिको जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ भिरकोट खेलमैदानमा यहि जेठ १० गतेदेखि २० गतेसम्म रमाइलो मेला २०८१ को आयोजना गरिएको क्लबका अध्यक्ष दिल बहादुर मगर(सागर)ले जानकारी दिए ।
उनले रमाइलो मेलामा खुल्ला पुरुष भलिबल प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता,विभिन्न किसिमका व्यापारीक स्टलहरु, रेल, डुङ्गा लगायतका मनोरञ्जनात्मक बालउद्यानका सामाग्री साथसाथै स्थानीय कलाकारसहित ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ विविध सांस्कृतिक कार्यक्रम गरिने बताए ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
६५ वर्षीय एक पुरुष मृत फेला
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
विश्वकप खेल्ने गण्डकीका खेलाडी र संघ अध्यक्ष सम्मानित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते