पोखरा । राष्ट्रिय होम स्टे महासंघको आयोजनामा भएको ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
एक हप्तासम्म संचालन भएको तालिम समापनको अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रालयका सचिव कुमान सिं गुरुङले होमस्टे राम्रो संग संचालन गर्न सकेमा स्थानिय उत्पादनको खपत वढाउनुका साथै आय आर्जन पनि बढाउन सकिने बताए ।
उद्योग तथा पर्यटन महाशाखा प्रमुख रामप्रसाद आचार्य,शाखा प्रमुख डम्बर जिसी, प्रमुख प्रशिक्षक सुर्य न्यौपाने, पोखरा २२ की वडा सदस्य कृष्ण कुमारी देवकोटा, राष्ट्रिय होमस्टे महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक प्रकाश चन्द्र गुरुङ,केन्द्रिय उपाध्यक्ष तथा लुम्बीनी प्रदेश संयोजक धनिश्वर वस्याल, उपाध्यक्ष तथा शिक्षा विभाग प्रमुख उर्मिला गुरुङ,महासचिव कृष्ण चौधरी, कोषाध्यक्ष सुरज वास्तोला,भुम्दी टुनार सामुदायिक होमस्टेका अध्यक्ष राम गुरुङ, भुम्दी आमा समुहकी अध्यक्ष राधा गुरुङ लगायतले बोलेका थिए ।
होमस्टे महासंघका गण्डकीका अध्यक्ष धनिराम गैरेको अध्यक्षतामा भएकोकार्यक्रमको संचालन निर्वतमान अध्यक्ष हरिलाल पौडेल र स्वागत उपाध्यक्ष मोहन खनालले गरेका थिए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने