कक्षा १२ को पेपर लिएर हिँडेकाहरु पार्टी प्यालेसमा लेखिरहेका बेला पक्राउ

कक्षा १२ को पेपर लिएर हिँडेकाहरु पार्टी प्यालेसमा लेखिरहेका बेला पक्राउ

12 pakrau

राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिका सहित प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।

बुधबार कक्षा १२ को कम्प्युटर साइन्सको परीक्षा चलिरहेको बेला प्रश्न पत्र आउट गरी एक पार्टी प्यालेस बसेर उत्तर हल गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा काठमाडौंको कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकालीका १९ वर्षीय सविन पौडेल, कागेश्वरी मनोहराका २० वर्षे सितेशकुमार यादव र कागेश्वरी थली बस्ने वर्ष २३ का रोशन रानाभाट रहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार उनीहरुलाई काठमाडौं महानगरपालिका वडा नं-६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मूल उत्तर पुस्तिकामा सम्बन्धित विषयको नै उत्तर हल गरिरहेको अवस्थामा पार्टी प्यालेसबाटै नियन्त्रणमा लिइएको हो।

उनीहरूमाथि शिक्षा ऐन, २०२८ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds